Padyog Padbiyog in Nepali


In Nepali, words in a phrasal category may be written together or separately. Padyog, (Nepali: पदयोग) a compound word consisting पद /pad̪/ (word/stem) and योग /yog/ (put together/unification), refers to the process or the occurrence when words in the phrasal category are written together. Similarly, Padbiyog, (Nepali: पदवियोग) consisting पद /pad̪/ (word/stem) and वियोग /bi·yog/ (separation), refers to the process or occurrence when the words are written separately.

For example, Padyog of the words गर्नु /garnu/ (to do) and हुन्छ /hunchʰa/ (part of the finite verb to specify a positive action in the present tense) results in the verb phrase गर्नुहुन्छ /garnu·hunchʰa/ (he/she does - honorific) where the words are written together. In contrast to this, Padbiyog of the words मेरो /me·ro/ (my) and भाषा /bʰä·sä/ (language) results in the noun phrase मेरो भाषा /me·ro bʰä·sä/ (my language) where the words are written separately.

In general, all words in a sentence are written separately except for compound words, affixed words and some words in other special categories, the majority of which are outlined in separate sections below.

Nepali Orthography section provides an overview of Nepali orthography.

This section presents a guide to using Padyog Padbiyog in writing Nepali.

Contents

Phrases written separately

  • noun phrase with attribute adjectives: मेरो भाषा /me·ro bʰä·sä/ (my language) where the attribute adjective, my, modifies the noun, language (the head of the noun phrase)
  • noun phrase with determiners: यो भाषा /yo bʰä·sä/ (this language)
  • adjective phrase: धेरै ठुलो /d̪ʰe·rai ʈʰu·lo/ (very big)
  • adverbial phrase: धेरै छिटो (very fast) in धेरै छिटो नहिँड। (Do not walk very fast.)
  • Nipat: न in घर जाऊँ न, त in खान त पर्छ
  • When न /na/ is used to refer to opposing actions: न in न सानो न ठुलो (neither small nor big), न उठ्छ न बस्छ
  • conjunction: र in तिमी र म (you and I)
  • words जना, ओटा (वटा) specifitying quantity: धेरै जना (many of them), दुई जना, चार ओटा
  • case-ending followed by postposition: रामको लागि (where case-ending को is followed by the postposition लागि)
  • word that occur in between other words and used to denote importance: नै in गर्ने नै छ
  • औँ in an ordinal number when written in digits: १०८ औँ (108th)
  • number when written in digits and the phrase that follows it: २००७ देखि (from 2007)


Phrases written together

  • noun phrase followed by zero or one grammatical number, followed by zero or one postposition and followed by zero or one case-ending: the grammatical number हरू, the postposition तिर and case-ending बाट can be written together with the noun phrase खोला in the following ways: खोलाबाट, खोलातिरबाट, खोलाहरूबाट, खोलाहरूतिरबाट, खोलातिर, खोलाहरूतिर, खोलाहरू.
  • When न is used to denote negation: नराम्रो (not good/bad), नपढ (do not read), पढेन (did not read)
  • honorific suffixes: जी and ज्यू: रामजी /rām·ji/, प्रमुखज्यू
  • compound words: त्रिभुवन
  • affixes: अभिरुचि (prefix अभि + noun रुचि)


Repeating words

  • When both words in a repeating phrase are complete words, they are written separately: घर घर in हरि घर घर डुलिरहन्छ, and को को in आज घरमा को को हुनुहुन्छ?
  • However, if either of the repeating words does not stand on its own or does not convey the meaning that the words together convey, they are written together: झैझगडा, where झै does not stand on its own, and भातसात where the fragment सात does not convey the similar meaning as भातसात does.
  • When the repeating words together form an onomatopoeic word (अनुकरणात्मक शब्द), they are written together: घरघर in यो गाडी कति धेरै घरघर गरेको होला।


Simple and compound verbs are written together

  • सामान्य र संयुक्त क्रिया पदयोग गरेर लेखिन्छ: पढ्छ, पढिसक्यो, पढ्यो, पढी, पढेको, पढेछ, पढ्नेछ, पढ्ला, पढिदेला, पढ्नुपर्छ, पढ्नैपर्छ, पढ्नुहुन्छ, पढ्नुहोस्, पढिदिनुछ


Nonfinite and finite verbs are written separately

असमापिका क्रिया र समापिका क्रिया पदवियोग गरेर लेखिन्छ, जस्तै "पढेको छ"।

धातुमा कृत् प्रत्यय लागेर नाम, विशेषण, क्रियाविशेषण शब्दवर्गका कृदन्त शब्दहरू बन्दछन्। जस्तै, पढ्नु, पढाइ (नाम), पढेको, पढुवा (विशेषण), पढ्दै (क्रियाविशेषण) आदि। यस्ता कृदन्त शब्दहरूमा कुनै शब्दहरू वाक्य पूरा गर्न नसक्ने क्रियाको रूपमा रहन्छन्। यस्ता शब्दलाई असमापिका क्रिया अथवा कृदन्तीय क्रिया भनिन्छ। यस्ता शब्दलाई असमापिका क्रिया भनिए पनि यिनीहरूले क्रियाको काम नगरी अरू कृदन्त शब्दहरूजस्तै नाम, विशेषण, क्रियाविशेषणको काम गर्दछन्। माथि उल्लिखित कृदन्त शब्दहरूमा पढ्नु, पढेको, पढ्दै असमापिका क्रिया हुन् तर पढाइ, पढुवा असमापिका क्रिया होइनन्।

यस्ता असमापिका क्रियाहरूले वाक्य पुरा गर्न सक्दैनन् र अर्को समापिका क्रियासँग मिलेर वाक्य पुरा गर्दछन्। जस्तै, 'पढ्दै' (असमापिका क्रिया) + 'गयो' (समापिका क्रिया) ‍= पढ्दै गयो।

यसरी असमापिका क्रिया र समापिका क्रिया सँगै आउँदा यिनीहरूलाई पदवियोग गरेर लेखिन्छ।

दान दिनु हुन्छ। [अर्थ: दान दिने काम गर्नलाई हुन्छ। 'दिनु' (नामको रूपमा प्रयोग भएको असमापिका क्रिया) + 'हुन्छ' (समापिका क्रिया) ‍= दिनु हुन्छ]
बुवाले कलम दिनुहुन्छ। (यहाँ 'दिनु' असमापिका क्रियाको रूपमा प्रयोग भएको छैन।)

हरि भन्ने छ। [अर्थ: हरि भन्ने मान्छे यहाँ छ। 'भन्ने' (विशेषणको रूपमा प्रयोग भएको असमापिका क्रिया) + 'छ' (समापिका क्रिया) ‍= भन्ने छ]
हरिले भन्नेछ। (अर्थ: हरिले केही कुरा भन्नेछ। यहाँ 'भन्ने' असमापिका क्रियाको रूपमा प्रयोग भएको छैन।)

चिठी लेखी हाल। [अर्थ: चिठी लेखेर 'खाममा' हाल। 'लेखी' (क्रियाविशेषणको रूपमा प्रयोग भएको असमापिका क्रिया) + 'हाल' (समापिका क्रिया) ‍= लेखी हाल]
चिठी लेखिहाल। (अर्थ: चिठी तुरुन्त लेखिहाल। यहाँ 'लेखि' असमापिका क्रियाको रूपमा प्रयोग भएको छैन।)

पढे छ। [उदा. सिता - 'उसको भविष्य राम्रो छ कि छैन?' राम - 'राम्ररी पढे छ नत्र छैन्।' अर्थ: राम्ररी पढेमा उसको भविष्य राम्रो छ। 'पढे' (क्रियाविशेषणको रूपमा प्रयोग भएको असमापिका क्रिया) + 'छ' (समापिका क्रिया) ‍= पढे छ]
पढेछ (अर्थ: उसले पढ्ने काम गरेछ। यहाँ 'पढे' असमापिका क्रियाको रूपमा प्रयोग भएको छैन।)

त्यसै गरी,
(असमापिका क्रिया विशेषणको रूपमा प्रयोग हुँदा): पढेको छ, पढेको थियो, पढेको हुनेछ, पढ्दा निदायो, पढ्दो छ, पढाइएका छन्
(असमापिका क्रिया क्रियाविशेषणको रूपमा प्रयोग हुँदा): पढ्दै छ, पढ्दै थियो, पढ्दै हुनेछ, पढ्न सक्छ, पढे हुन्छ, पढेर सक, पढ्दा हुन्छ, पढिन्जेल बस

Tweet


© 2024 Nepali Language Resource Center   Terms   Privacy   About   Feedback on our Efforts   Contact